×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३३ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

हाय रे मधेस ! हाय रे सत्ता ! हाय रे सहिद !

  •  गोरखा समाचार
  • सोमबार, माघ ०५, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    आज मधेसमा बलिदानी दिवसको चहलपहल छ । सहिदले दिएको बलिदान अर्थात् जीवन उत्सर्गको क्षण सम्झेर आज दिनभर तगडा राजनीतिक प्रदर्शन, विमर्श र प्रतिबद्धता आदानप्रदान हुनेछ ।

    तर कन्टिर–बाबू यो विषयमा सोच्दा–सोच्दै गम्भीर बनेका छन् । उनको मन–मस्तिष्कमा आज पनि २०६४ माघ ५ गतेको सम्झना ताजै छ । त्यही दिन लहानका रमेश महतो मधेस आन्दोलनका प्रथम सहिद भएका थिए । मधेस आन्दोलनका सन्दर्भमा महतोलगायत ५० भन्दा बढी मधेसी सहिद भए । उनीहरू सबैप्रति कन्टिर–बाबूको हार्दिक श्रद्धा र नमन छ ।

    तर आज कन्टिर–बाबू मूल्याङ्कनको प्रयत्न गर्छन्– सहिदहरूको यो शहादत अर्थात् बलिदानको अर्थ आज के रह्यो ? मधेसले के पायो ? सोच्दा–सोच्दै कन्टिर–बाबू आक्रोशित मुद्रामा पुग्छन् र सोध्छन्– खोइ आज कहाँ गयो मधेसको मुद्दा ? खोइ एक मधेस एक प्रदेश ? खोइ पहिचानको सन्दर्भ ? खोइ सहिद र उनको परिवारलाई सम्मान ?

    कन्टिर–बाबू आफैँ उत्तर दिन्छन्– सहिदको शालिक निर्माण, सहिद परिवारलाई राहत र रोजगारीका कुरामा त नेता भनाउँदाहरूले कमिसन खान्छन् भन्ने चर्चा चल्ने गरेको पृष्ठभूमिमा तिनबाट बढी के आस गर्नु ? आन्दोलन चर्काउन मधेसका कथित ‘मसिहा’हरूले सहिद परिवारलाई ५० लाख दिने कुरा उरालेको कन्टिर–बाबूको आफ्नै कानले सुनेका हुन् । खोइ कहाँ गयो त्यो प्रलोभन ? के भयो त्यो उक्साहट ?

    मधेसमा एउटा भनाइ छ, ने ओ नगरी ने ओ ठाम । अर्थात् न त त्यो नगर भयो न त त्यो ठाउँ । मधेस आन्दोलन अहिले त्यही अवस्थामा पुगेको छ । न त मुद्दा छ, न कुनै योजना । मर्ने मरे, तिनको लासमाथि उक्लिएर शासन गर्नेले गरी नै रहेका छन्, तिनलाई बाल मतलब छैन ।

    सहिदको भावना र तिनको परिवारको व्यथा कसले बुझ्ने ? रमेशको लास लुकाउनेहरू मन्त्री–सांसद बनेर सत्ताको स्वाद चाखेको, रमेशहरूलाई सहिद हुन लगाएर आफू भने सत्ताको चिलगाडीमा विदेश सयर गरेको कन्टिर–बाबूले यही आँखाले नदेखेका होइनन् ।

    हाय रे मधेस ! हाय रे सत्ता ! हाय रे सहिद ! अहिले मधेसको नाममा न त कुनै दल चर्चामा छ, न नेता नै मधेसवादी छन्, न मधेस केन्द्रित राजनीति बाँकी छ । किन यसो भयो होला ? कन्टिर–बाबूसँग यसको भने कुनै उत्तर छैन ।

    कन्टिर–बाबू सोच्छन्– अझै कति र कसका लागि बलि दान दिन बाँकी छ मधेसका जनताले ?

    उर्दूमा कुर्वानी, हिन्दीमा शहादत, नेपालीमा बलिदान ‘ आहा ! सुन्दा कति राम्रो, कति गम्भीर लाग्छ शब्दको गरिमा ‘ तर देश र जनताको समुन्नतिका लागि बलिदान दिने सहिदहरूको सपनाको भइरहेको अवमूल्यन ‘ उफ् ! सोच्दा पनि आङ सिरिङ्ङ हुन्छ ।

    साभार : koshionline

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, माघ ०५, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा
    शायद गाउँ सुनसान भएछ !
    हिउँपात हुँदाको एक बिहान
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.