काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा २६६ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा थप २६६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमित हुनेहरुको संख्या २ लाख ६७ हजार ३२२ पुगेको छ ।
थप ५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा संक्रमका कारण थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५९ पुगेको छ ।




















