काठमाण्डौ – ललितपुर प्रहरीले अनलाइन मार्फत विद्युतीय सामान बिक्री गर्ने भन्दै करोड भन्दा बढी ठगी गर्ने २ जनालाई पक्राउ गरेको छ ।
प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरि ठगी गर्ने बाराका २ जनालाई आज सार्वजनिक गरेको हो ।
प्रहरीले पर्सा जिल्ला पकाहा मैनपुरका प्रमोद साह र बहुदरमाइका मेवालाल साहलाई पक्राउ गरेर सार्वजानिक गरेको थियो । पक्राउ परेका दुबैले फेसबुक र ह्वाट्सएपमा कम्प्युटर, मोबाइल, घडी, ल्यापटप जस्ता सामान बजार मूल्यभन्दा सस्तोमा उपलब्ध गराउने भन्दै बिज्ञापन गर्नै र सम्पर्कमा आएका खरिदकर्तालाई पैसा डिपोजिट गर्न लगाउई सामान नदिएर ठगी गर्दै आएका थिए ।
प्रहरीले प्रमोद साहलाई पर्साबाट र मेवालाल साहलाई काठमाण्डौँबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको गिरोहले दर्जन बढी व्यक्ति सँग १ करोड भन्दा बढी ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।
ललितपुर प्रहरीले पछिल्लो समय विभिन्न अनलाइनहरुमा फेसबुक लगायतका अन्य नेटवर्कमा झुटो खाता खोल्ने, विभिन्न प्रलोभन देखाउने, बिज्ञापन गरेर ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन समेत आग्रह गरेको छ ।




















