झापा – झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा १ जना पुरुषको मृत्यु भएको छ ।
सोमबार साँझ दमक नगरपालिका ३ को बेलडाँगीस्थित शरणार्थी शिविरमा आगलागी हुदा शिविरको सेक्टर डी–फोर अन्तर्गत रहेका ६० वर्षीय देशमान राई रहेको मृत्यु भएको हो ।
बाँसको भूईतले छाप्रोभित्र सुतिरहेका राईको जलेर घटनास्थलमै मृत्यु भएको हो । राई प्यारालाइसिसका बिरामी थिए । अचानक आगो लागेकाले राईलाई बचाउन नसकिएको स्थानीयले बताएका छन् ।
घरभित्र रहेका परिवारका अन्य २ जना सदस्य भने भागेर बाँच्न सफल भएका छन् । आगोमा सुनचादी, नगद ३ लाख र लत्ताकपडा जलेर नष्ट भएको झापा प्रहरीले जनाएको छ ।
आगो स्थानीय बासिन्दा, सुरक्षाकर्मी र दमकलको सहायतामा नियन्त्रणमा लिइएको थियो ।
साँकेतिक तस्बिर




















