सप्तरी – सप्तरीको छिन्नमस्तामा गोरुले हान्दा १ महिलाको मृत्य भएको छ ।
छिन्नमस्ता गाउँपालिका २ मा गोरुले हान्दा ८० वर्षीया दुर्गीदेवी साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाए अनुसार घर अगाडि हिँडिरहेको अबस्थामा साढे गोरुले पछाडिबाट हान्दा घाइते भएकी साहको उपचारको लागि ल्याउदा ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।




















