एजेन्सी – अमेरिकामा रहेको एक चिडियाखानामा रहेको गोरिल्लामा कोरोना संक्रमण देखिएको छ ।
क्यालिफोर्नियाको सान डिएगोमा रहेको चिडियाखानामा २ वटा गोरिल्लामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
चिडियाखानाका गर्भनर गामिन न्युसमले सोमबार यसका बारेमा जानकारी दिएकोे अमेरिकी समाचार संस्थाहरुले जनाएको छ । गोरिल्लामा संक्रमण देखिए पनि लक्षण भने नदेखिएको र कर्मचारीमार्फत् उनीहरुमा संक्रमण फैलिएको हुनसक्ने चिडियाखाना प्रशासनले अनुमान गरेको छ ।
अमेरिकाको चिढियाखानामा कोरोना संक्रमण देखिएको यो पहिलो घटना हो । गोरिल्लाहरु परिवारमा बस्ने भएकाले सबै सदस्यहरुमा संक्रमण फैलिएको हुनसक्ने चिढियाखानाका अधिकारीहरुले जनाएका छन् ।
गत बुधबारदेखि २ वटा गोरिल्लाहरुले खोक्न थालेपछी प्रारम्भिक परीक्षण गर्दा शुक्रबार संक्रमण देखियो हो ।
चिडियाखानामा बिशेष निगरानी राखिएको छ भने गोरिल्लाहरु क्वारिन्टीनमा राखिएको जनाएको छ । क्यालिफोर्नियामा कोरोना संक्रमणको अवस्था निकै खराब छ ।




















