काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप २५९ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा आइतबार थप २५९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै संक्रमितको संख्या २ लाख ६४ हजार ७८० पुगेको छ ।
थप ५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको र्मत्यु भएको छ । यो सहित संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९१७ पुगेको छ।




















