काठमाण्डौं – सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले माघे संक्रान्तिका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले विदा दिने निर्णय गरेको हो । माघ १ गते थारु समुदायले नयाँ वर्षको रुपमा माघी पर्व मनाउने गरेका छन् ।
अन्यले माघे संक्रान्तिको रुपमा यो पर्व मनाउने गर्दछन् । थारु समुदायले माघीमा सार्वजनिक बिदा दिन लामो समयदेखि माग गर्दै आएका थिए ।




















