चितवन – चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन बिस्तारका लागि अध्ययन शुरु गरिएको छ ।
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथर सम्म विस्तारको अध्ययन शुरु गरिएको हो ।
नेपाल आयल निगम (एनओसी)का अनुसार सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार सफलता पुर्वक भए पछि चितवनको लोथरसम्म पुर्याउने लक्ष्यसहित अध्ययनको काम सुरु भएको हो ।
ुअमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा पेट्रोलियम पाइप लाइन विस्तार गर्न कति खर्च लाग्छ भन्ने बारे अध्ययन तथा छलफल भइरहेको छ । मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेको पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने तयारी गरिएको निगमले जनाएको छ ।
उत्त कामकालागि नेपाल तथा भारत सरकारबीचको संयुक्त कार्यदलले डीपीआर कार्ययोजना मोडालिटीसम्बन्धी काम गरिरहेको छ । चितवनको लोथरमा १ लाख किलोलिटर पेट्रोलियम भण्डारण गर्न सक्ने क्षमताकालागि अध्ययन भईरहेको हो ।
लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार भए नेपालमा पेट्रोलियम पदार्थको अभाव समाप्त हुने विश्वास निगमले लिइएको छ ।
फाईल तस्बिर




















