काठमाण्डौं – वरिष्ठ गीतकार भैरवनाथ रिमालको निधन भएको छ ।
८६ वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो ।
लामो समयदेखि अस्वस्थ रिमाललाई स्मरण शक्ति ह्रास हुने अलजाइमर्सको समस्या देखिएको पारिवारीक श्रोतले जनाएको छ ।
पछिल्लो समय उनलाई चावहिलस्थित चिरायु अस्पतालमा राखेर उपचार गरिएको थियो । उनका गीतमध्ये नारायण गोपालको स्वरमा ‘जुन फूल मैले चाहेको थिएँ’, अरुणा लामाको स्वरमा ‘उदास मेरो प्रेम कथा’लगायत उनका थुप्रै गीत लोकप्रिय छन ।
रिमालका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । विक्रम सम्बत १९९२ माघ ३ गते मा काठमाण्डौंको ठमेलमा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन ।




















