काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ३६२ जनामा संक्रमण पुष्टी भएको छ ।
देश भरको विभिन्न प्रयोगशालामा ४ हजार २८६ जनाको स्वाब परिक्षण गर्दा थप ३६२ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितको संख्या संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये २०३ जना पुरुष र १५९ जना महिला रहेका छन् ।
थप ३ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९१२ पुगेको छ ।




















