काठमाण्डौं – काठमाण्डौंको टोखामा श्रीमानको हत्या गरी श्रीमतीले पनि झुण्डीएर आत्महत्या गरेकी छन् ।
श्रीमती सुदिक्षा गिरीले श्रीमान उमेश केसीको हत्या गरी आफुपनि झुण्डिएर आत्महत्या गरेकी हुन् ।
अमेरिकाबाट फर्किएको केही समयमा नै उमेशको हत्या भएको छ । दुवै जना ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए ।
सुर्खेत घर भएका उनीहरुबीच केही दिनयता पारिवारीक विवाद हुँदै आएको बुझिन आउको छ ।
शुक्रबार राति उमेश बेडरुममा लडिरहेको र श्रीमती सुदिक्षा कोठाभित्रै झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको हो ।
उमेशको शव नजिकै रगत लागेको सिलौटो फेला पर्नु र उनको कानबाट रगत बगेको अवस्थामा भेटिनुले सदिक्षाले नै सिलौटो प्रहार गरेर हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भीक अनुसन्धानका क्रममा अनुमान गरेको छ ।
कोठा भने भित्रबाट लक भएको अवस्थामा रहेको र प्रहरी ढोका फोरेर भित्र गएको कारण पनि बाहिरबाट अन्य कोही गएर हत्या गरेको हुन नसक्ने प्रहरीको ठम्याई छ । प्रहरीका अनुसार श्रीमानको हत्या गरे पछी आफुले पनि झुण्डीएर आत्माहत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ ।




















