एजेन्सी – भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी हुदाँ जलेर १० नवजात शिशुको मृत्यु भएको छ ।
महाराष्ट्रको भण्डारा जिल्ला अस्पतालमा शनिबार विहान २ बजे भर्खरै जन्मेको शिशुको हेरचाह गर्ने कक्षमा आगलागी भएको हो ।
शिशुलाई विशेष रेखदेख गर्ने अस्पतालको नवनिर्मित आईसीयुमा आगलागी भएको भारत सरकारले पुष्टी गरेको छ । आगलागी भएको समयमा अस्पतालमा १७ जना शिशुहरू राखिएका थिए ।
आगलागीबाट ७ नवजात शिशुलाई भने सुरक्षित उद्धार गरिएको प्रहरीले जनाएको छ ।




















