काठमाण्डौं – नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेको भन्दै दोस्रो चरणको आन्दोलन थालेको हो ।
देशभरका ३३० स्थानमा विरोधसभा तथा प्रदर्शन गर्दैछ । कांग्रेसका नेताहरु आफ्नो क्षेत्रमा हुने प्रदर्शनमा सहभागी हुनेछन ।
राजधानीको बानेश्वरमा प्रकाशमान सिंह, चाबहिल र कपनमा गगन थापा तथा प्रदर्शनीमार्गमा प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने नेपाली कांग्रेसले जनाएको छ ।
यसअघि कांग्रेसले पुस १३ गते विघटनविरुद्ध देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।




















