काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ५५४ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २६९ जनाको स्वाव मध्ये ५५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ३६६ जना पुरुष र १८८ जना महिला रहेका छन् ।
थप ६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा संक्रमणबाट मृत्य हुनेको संख्या १ हजार ९०९ पुगेको छ ।





















