काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ४१२ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा बिहीबार थप ४१२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये २३० जना पुरुष र १८२ जना महिला रहेका छन् ।
थप ४ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९०३ पुगेको छ ।





















