एजेन्सी – साउदी अरबमा महिलासँग सम्बन्धित कानून थप खुकुलो भएको छ ।
नयाँ कानून बमोजिम अब महिला वा पुरुष जसले पनि आफ्नो नाम आफू एक्लैको निर्णय अनुसार परिवर्तन गर्न पाउने भएका छन् ।
पहिले यो अधिकार पुरुषलाई मात्र थियो । महिलाले भने परिवारको अनुमतिमा मात्र आफ्नो नाम परिवर्तन गर्न सक्थे ।
३ वर्षअघि महिलालाई गाडी चलाउन खुला गरेको साउदी सरकारले एउटा महत्वपूर्ण कानुन संशोधन गरी थप स्वतन्त्रता दिएको हो ।
पछिल्लो समय साउदी अरेबियाले महिला स्वतन्त्रता बढाउदै लगेको छ । साउदीका राजकुमार मोहम्मद बिन सलमानले भिजन २०३० सुरुवात गरेका छन् ।
तेल अर्थतन्त्रवाट साउदी अरेबियाले पर्यटनका लागि आफ्नो ढोका खोल्ने तयारी गरेको छ ।




















