एजेन्सी – साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाउने भएको छ ।
साउदी अरबले कतारमाथि साढे तीन वर्षअघि लगाएको नाकाबन्दी हटाउने भएको हो ।
साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले पनि दिएको छ ।
मंगलबार साउदी अरबमा हुने खाडी राष्ट्रका ६ देशको बैठक अघि साउदीको पछिल्लो निर्णय आएको हो । सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।
कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाईस्थल नाकाबन्दी गरेको थियो । कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध लगाइएको थियो ।
कुवेतको पहलमा कतारमाथिको प्रतिबन्ध लामो कूटनीतिक प्रयासपछि हटाउने निर्णय भएको हो । यूएई, बहराइन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए ।




















