काठमाण्डौं – अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अब बिभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन ।
शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा नेकपाका महासचिव पौडेलले पुष्पकमल दाहाल र माधव नेपाल नै पार्टी बिभाजन गर्न लागि परेको भन्दै बिभाजनबाट जोगाउन सम्भव नभएको बताएका हुन ।
संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने पौडेलको दावी छ ।
महासचिव पौडेलले आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको पनि बताए । सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन भएको उनको भनाइ छ ।
नेकपाका अर्का अध्यक्ष दाहालले पार्टीको सचिवालय बैठकमा पेस गरेका आरोपपत्र नै पार्टी विभाजनको मुख्य कारण रहेको उनको भनाइ छ । दाहालले आफु प्रधानमन्त्री बन्नकै लागि ओलीलाई हटाउन खोजेको पौडेलको आरोप समेत लगाए ।




















