काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ४१९ मा संक्रमण पुष्टी भएको छ ।
देशभरको प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा सनिबार थप ४१९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो संगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ ।
थप ६ जनाको मृत्यु
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यो संगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८७० पुगेको छ ।




















