सर्लाही – शहरी विकास मन्त्री प्रभु साह चढेको गाडीको ठक्करबाट सर्लाहीमा १ जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना. १ झ ३८४२ नम्बरको गाडीले ठक्कर दिँदा सर्लाही लालबन्दी ८ चन्द्रपुरका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।
कम्मर र खुट्टामा चोट लागेकाका तामाङको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाही प्रहरीले जनाएको छ । प्रहरीले ठक्कर दिएर भागेको गाडीमा मन्त्री भएको जानकारी दिएको छ ।




















