जाजरकोट – कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा अज्ञात समूहले जाजरकोटमा आगजनी गरेको छ ।
सभापति गणेशप्रसाद सिंहले चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको गाडीमा बिहीबार भेरी नगरपालिका ७ पुन्मामा राती १० बजे अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको जाजरकोट प्रहरीले पुष्टी गरेको हो ।
गाडी पूर्णरुपमा क्षति भएको प्रहरी कार्यालयले जनाएको छ । सभापति सिंह प्रदेशको योजना अनुगमन गर्न जाजरकोट आई पुगेको प्रहरीले जनएको छ ।




















