काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ५३४ जनामा संक्रमण पुष्टी भएको छ।
देशभरको विभिन्न प्रयोगशालामा गरिएको स्वाब परिक्षणका क्रममा बिहिबार थप ५३४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै संक्रमितको कुल संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।
थप ९ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट आज सम्म मृत्यु हुनेको संख्या १ हजार ८५६ पुगेको छ ।


