काठमाण्डौ – पूर्वराष्ट्रपति रामवरण यादवले असंवैधानिक ढङ्गबाट प्रतिनिधिसभा विघटन भएकाले देश अनिश्चयको बाटोमा गइरहेको बताएका छन् ।
राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बिहीबार काठमाण्डौंमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीले संबिधानमा नभएको व्यवस्था प्रयोग गरेर संसद विघटन गरेको बताएका हुन ।
प्रतिनिधिसभामा ३ करोड जनताका प्रतिनिधि बस्ने भन्दै पूर्व राष्ट्रपति यादवले त्यसलाई विघटन गरेर लोकतन्त्रलाई आघात पु¥याउने काम गरिएको समेत बताए ।
पूर्व राष्ट्रपति यादबले सर्वोच्च अदालत सबै लोकतन्त्रवादीहरुको आशा, भरोसा र विश्वासको केन्द्र बिन्दु भएका कारण संसद पुनस्थापना गर्ने विश्वास समेत व्यक्त गरे ।
देशको भूराजनीतिक अवस्थाका कारण २ छिमेकी देशले अहिले नेपालमा परेड खेल्ने काम गरेको उनले आरोप समेत लगाए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।


