पर्सा – लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल विहिबार पक्राउ परेका छन् ।
अग्रवालाई महानगरीय अपराध महाशाखाको आग्रहमा जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।
लुम्बिनी चिनी मिलले उखु किसानलाई १७ करोड तिर्न बाँकी छ । यसअघि नै उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रन पक्राउ पुर्जी जारी गरिएको थियो ।
पुर्जी जारी भएपछि फरार अग्रवाललाई आज प्रहरीले फेला पारेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।




















