काठमाण्डौं – राजधानीको चन्द्रागिरि नगरपालिका १२ गुर्जुधारामा टिपरले ठक्करदिदाँ २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको गल्छी घर भइ थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ वर्षीय सुभास गमाल रहेका छन् ।
उनीहरुलाई थानकोटबाट कंलकी जाँदै गरेको र बा. ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिएको हो ।


