काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ५११ जनामा संक्रमण देखिएको छ ।
देशभरको प्रयोगशालामा ५ हजार ११० जनाको स्वाव परिक्षणका क्रममा थप ५११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये २०४ जना महिला र ३०७ जना पुरुषहरु रहेका छन् ।
थप ७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८४७ पुगेको छ ।





















