काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ७०८ जनामा संक्रमण देखिएको छ ।
देशभरको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ७०८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितहरुको संख्या २ लाख ५९ हजार ५४९ पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये २७० जना महिला र ४३८ जना पुरुषहरु रहेका छन् ।
थप ८ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८४० पुगेको छ ।


