काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ६५९ जनामा संक्रमण पुष्टी भएको छ ।
देशको विभिन्न प्रयोगशालामा ५ हजार ५७८ जनाको स्वाब परिक्षण गर्दा गथ ६५९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । यो सहित नेपालमा संक्रमितको संख्या २ लाख ५८ हजार ८४० पुगेको छ ।
आज संक्रमण देखिएका मध्ये ४०७ जना पुरुष र २५२ जना महिला रहेका छन् ।
थप ७ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८ ३२ पुगेको छ ।



