रुकुम पश्चिम – रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेकी एक महिला प्रहरी कार्यालयमा आफै उपस्थित भएकी छिन् ।
जिल्लाको मुसिकोट नगरपालिका ८ घोरखानी निवासी ५० वर्षीया डल्ली बुढाले श्रीमानको चक्कु प्रहारगरी हत्या गरे पछि आफै प्रहरी कार्यालयमा उपस्थित भएकी हुन् ।
डल्लीले ३४ वर्षीय श्रीमान चित्र बहादुर थापालाई चक्कु प्रहार गरी हत्या गरेको मुसिकोट प्रहरीले जनाएको छ ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















