ताप्लेजुङ – ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा लागेको आगो अनियन्त्रीत बन्दै गएका कारण पाथीभरा मन्दिर परिसरमा पुगेको छ ।
गएको ५ दिनअघि लागेको आगो मन्दिर क्षेत्रमा आए कारण मन्दिर समेत खतरामा परेको हो ।
आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा आगलागी भएको हो ।
आगो नियन्त्रण गर्ने प्रयास गरेपनि अहिलेसम्म सकिएको छैन् । सोमबार आगो पाथीभरा मन्दिर परिसरसम्म पुगेको छ । सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्न नसक्दा मन्दिर परिसरसम्म आइपुगेको हो । हालसम्म मन्दिर भने सुरक्षित रहेको बताइएको छ ।


