बाँके – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेश भट्टराईले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र माथि नै प्रहार गरेको बताएका छन् ।
आज बाँकेमा पत्रकारसँग कुरा गर्दै उनले ओलीले वर्तमान राज्य व्यवस्था नै खतरामा पारेको बताएका हुन् ।
नेता भट्टराईले लामो संघर्षवाट प्राप्त संघीय लोकतान्त्रिक व्यवस्था बचाउन फेरि सडकमा निस्कनुपर्ने अवस्था आएको बताए । उनले ‘पार्टीभित्रको द्वन्द्व व्यवस्थापन गर्न नसकेर ओलीले प्रतिनिधिसभा विघटन गरेको’ भने ।
उनले प्रधानमन्त्री ओलीले प्रदेश सभा समेत विघटन गर्ने खतरा औंल्याउँदै अदालत र निर्वाचिन आयोगले संविधानले दिएको अधिकारको प्रयोग गरी देशलाई संकटबाट बचाउनुपर्ने समेत बताए ।
प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध मंगलबार दाहाल–नेपाल समूहले विरोध प्रदर्शन गर्दैछ ।


