काठमाण्डौं – सेवा सुविधा नदिएको भन्दै पठाओको मध्य बानेश्वरस्थित कार्यालयमा तोडफोड भएको छ ।
साता दिन अघि ११ बुँदे माग पेश गरेका राइडरहरुले माग पुरा गर्नेतर्फ कार्यालयले चासो नदिएको भन्दै आज नारावाजी सहित तोडफोड गरेका हुन् ।
राइडिङ बापतको कमिसन धेरै लिएको, सेवा सुविधा कटौती गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन । उनीहरुले बीमा, कमिसन रकम ८ प्रतिशतमा झार्नुपर्ने लगायतका माग पनि राखेका छन् ।
पठाओले भने राइडरहरुको अनावश्यक विवाद निकालेको गुनासो गरेका छन् । कम्पनीको नीति, नियम र अनुशासनमा नबसेका केही व्यक्तिले कम्पनीलाई बदनाम गर्न खोजेको कम्पनीले जनाएको छ ।




















