काठमाण्डौं – नोबल कोरोना भाईरस (कोभिड–१९)बाट आज नेपालमा थप ४८१ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ४८१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो । योसंगै नेपालमा संक्रमितहरुको संख्या २ लाख ४९ हजार ८६३ जना पुगेको छ ।
थप ६ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८२५ जना पुगेको छ ।




















