कञ्चनपुर – कञ्चनपुरमा ओली र दाहाल–नेपाल कार्यकता बिच हात हालाहाल भएको छ ।
पार्टी कार्यालयमा ताला लगाएको भन्दै दाहाल–नेपाल पक्षले ताला खोल्न जादाँ ओली समूह संग हात हालाहाल भएको हो ।
दुवै पक्ष बिच हात हालाहाल भए पछि केहीबेर स्थिति तनावग्रस्त भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
अहिले भने स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । कार्यालयबाहिर करिब १५० जनाको सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।
एक पक्षले अर्को पक्षलाई कार्यक्रम गर्न नदिने भनेपछि तनाव भएको हो । यसैबीच अहिले जिल्ला सुरक्षा समितिको बैठक पनि बसिरहेको छ।




















