काठमाण्डौं – विदेशमा रहेका ५२ हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको तथ्यांक अनुसार शनिवार साँझसम्म विदेशमा रहेका नेपाली मध्ये ५२ हजार ८७२ जना संक्रमण देखिएको हो ।
नोबल कोरोना भाइरस (कोभिड–१९)बाट ती मध्ये ४९ हजार ८९२ जनाले भने कोरोना तिजेर काममा फर्किएका छन् । संयोजक डा.सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा रहेका कोही पनि नेपालीको मृत्यु भएको छैन ।
पछिल्लो पटक नाइजेरिया, इजिप्स, साउदी अबर र कुवेतमा रहेका नेपालीहरुमा संक्रमण देखिएको हो । विदेशमा २१ देशमा ३१२ जना नेपालीको मृत्यु भइसकेको छ ।


