काठमाण्डौं – संसद विघटन विरुद्व दुई खेमा देखिएको नेकपा दाहाल–नेपाल समूहले आज प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुध्द अविश्वास प्रस्ताव दर्ता गराएका छन् ।
नेकपाका दाहाल–नेपाल समूहका ३७ सांसद्ले हस्ताक्षर गर्दै अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
अविश्वासको प्रस्तावमा निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।
९३ सांसद रहेको १ नम्बर प्रदेशमा दाहाल–नेपाल पक्षसँग ४० बढी सांसद् छन् । कतिपय दाहाल–नेपाल समूहका सांसद्हरुले हस्ताक्षर गर्न छुटेको बताएका छन् । अब मुख्यमन्त्री राईको पक्षमा २० जना सांसद मात्र बाँकी रहेका छन् ।
आजै बिहान सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित सोही मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले राजीनामा समेत दिएका थिए ।


