गुल्मी – गुल्मीमा गएराति ट्रकले ठक्कर दिदा २ जना पैदल यात्रीको मृत्यु भएको छ ।
रेसुङ्गा नगरपालिका १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट मृत्यु भएको हो ।
पाल्पाबाट तम्घास आउँदै गरेको ना. ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर १३ भगारी स्थित मसिने खोलामा ठक्कर दिदा दुबै जनाको घटनास्थलमै मृत्त्यु भएको हो ।
ट्रक चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।




















