काठमाण्डौँ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालमा थप ५०० जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ५०० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज संक्रमण पुष्टि हुनेमा २१३ जना महिला र २८७ जना पुरुष रहेका छन् ।
थप ३ जनाको मृत्यु
कोरोना संक्रमणबाट २४ घण्टामा थप ३ को मृत्यु भएको छ । यो संगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८१९ जना पुगेको छ ।




















