काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)का कारण कक्षा १२ को परीक्षा छुटेका विद्यार्थीका लागि राष्ट्रिय परीक्षा बोर्डले नयाँ तालिका आज सार्वजनकि गरेको छ ।
संक्रमित भएर कक्षा १२ को परीक्षा दिन नपाएकाले अब सो तालिका अनुसार परीक्षा दिन सक्ने बोर्डले जनाएको हो ।
बोर्डका अनुसार पुष १६ देखि २३ पुससम्म परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ ।






















