काठमाण्डौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशभर विरोध प्रर्दशन गर्ने भएको छ ।
काँग्रेसले संसद् विघटनको विरोधमा सोमबार देशभर प्रदर्शनमा गर्न लागेको हो ।
आज (शनिबार) सभापति देउवाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा प्रधानमन्त्री केपीशर्मा ओलीको कदमविरुद्ध प्रदर्शन गर्न आह्वान समेत गरेका छन् ।
नेपाली कांग्रेसले आज एक विज्ञप्ती निकालेर यस्तो कदमका विरुद्व सबै जना लाग्न समेत अनुरोध गरेको छ । सभापति देउवाले सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न समेत आह्वान गरेका छन् ।



