काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष बामदेव गौतमबीच आज भेटवार्ता भएको छ ।
शनिबार बिहान दाहाल र गौतमबीच दाहाल निवास खुमलटारमा भेटवार्ता भएको हो ।
दाहाल र गौतमबीच संसद् विघटन र पार्टी विभाजनको अवस्थाबारे छलफल भएको बताइएको छ ।
भेटवार्ताकै क्रममा दाहालले गौतमलाई आफ्नो समूहमा आएर साथ दिन अनुरोध गरेकोसमेत बताइएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको श्रोतले बताएको छ ।
संसद विघटन प्रकरण पछि नेकपा विभाजित भएपनि गौतम हालसम्म कनैपनि पक्षको भनेर खुलेका छैनन् । दुबै पक्षले गौतमलाई आफूतिर तान्ने प्रयास गर्दै आएपनि उनले निर्णय लिइसकेका छैनन् ।
गौतम दुबै पक्षको केन्द्रीय समिति र गुटको भेलामा पनि सहभागीता जनाएका छैनन् ।


