काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन भन्दै रोकथामका लागि बन्द भएको सवारी चालक अनुमतिपत्रको आवेदन खुला गरिएको छ ।
विभागले शुक्रबार एक विज्ञप्ति जारी गरी सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुला गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले विज्ञप्ति प्रकाशित गर्दै मंगलबारदेखि अनलाइनमार्फत् फारम भर्न सकिने जनाएको छ ।
कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले २०७६ चैत १० गते अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेसँगै २०७६ चैत ११ गतेबाट सवारी चालक अनुमतिपत्रको आवेदन बन्द गरिएको थियो ।



