काठमाण्डौ – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज नेपालका थप ६०८ जनामा संक्रमण पुष्टि भएको छ ।
देशको विभिन्न प्रयोगशालामा आज (शुत्रबार) ४ हजार १४२ जनाको पीसीआर नमूना परीक्षण गर्दा थप ६०८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
आज कोरोना संक्रमण देखिएका मध्ये ३७१ पुरूष र २३७ जना महिलाहरु रहेका छन् ।
थप ८ जनाको मृत्यु
कोरोना संक्रमणवाट थप ८ जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८१६ पुगेको छ ।




















