काठमाण्डौं – सत्तारुढ नेकपा विभाजन भएपछि पहिलोपटक मन्त्रिपरिषद बैठक बस्दैछ ।
प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) साँझ ६ः०० बजेका लागि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
यसअघि सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे भएता पनि बस्न सकेको थिएन । मन्त्रिपरिषद बैठकवाट प्रदेश सभा सम्वन्धी निर्णय ओलीले गर्ने अनुमान गरिएको छ ।
प्रदेश सरकारहरुलाई अस्थिर बनाउन अविश्वास प्रस्ताव ल्याइए कडा कदम चाल्ने चेतावनी प्रधानमन्त्री ओलीले यसअघि नै दिइसकेका छन् ।
संविधानमा राष्ट्रपतिले प्रदेशसभा भंग गर्न सक्ने व्यवस्था गरिएको छ । यसको अनुमोदन ३५ दिनभित्र संघीय संसदले अनुमोदन गर्नुपर्नेहुन्छ ।


