काठमाण्डौं – दक्षिण कोरियाले सन् २०२१ लागि इपिएसअन्तर्गत ५२ हजार प्रवासी श्रमिक लाने भएको छ ।
यो संख्या नेपालसहित १६ मुलुकबाट लाने श्रमिहरुको सख्या हो ।
कोरियाले सन २०२० को तुलनामा ४ हजार प्रवासी कम लान लागेको हो । कोरोनाका कारण २०२० को कोटामध्येका ३० हजार ९०० प्रवासी श्रमिक कोरिया जान पाएका छैनन् ।
कोटा तोकिएका ५२ हजारमध्ये उत्पादन क्षेत्रमा ३७ हजार ७०० जना, कृषि क्षेत्रमा ६ हजार ४०० जना, मत्स्यपालन क्षेत्रमा ३ हजार, निर्माण क्षेत्रमा १ हजार ८०० जना र सेवा क्षेत्रमा १०० जना तोकिएको छ ।
यो कोटामध्ये ४० हजार नयाँ छन् भने १२ हजार प्रतिबद्ध पुनः प्रवेश अन्तर्गतका श्रमिकहरु छन् । सन २०२१ को अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमतिपत्र जारी गरिने भएको छ ।
तस्बिर गुगल


