काठमाण्डौं – बागमती प्रदेशका ३ जना मन्त्रीले राजिनामा दिएका छन् ।
केन्द्रिय राजनितीले प्रभाव पारेको बाग्मती प्रदेशमा दाहाल–नेपाल पक्षका ३ जना मन्त्रीले राजिनामा दिएका हुन् ।
राजीनामा दिनेहरुमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलाल रहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको असर प्रदेश सरकारमा पनि देखिन लागेको हो । बागमती प्रदेशसभा ११० सदस्सीय रहेको छ । तिमध्ये ८० जना नेकपामा छन् । तीमध्ये माधव नेपाल पक्षीय सांसदको संख्या ४६ छ । ओली निकट सांसद ३४ जना छन् । कांग्रेस २२, विवेकशील साझा ३ र अन्य ५ जना सांसद बागमती प्रदेशमा छन् ।


