काठमाण्डौं – बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलका विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
प्रदेशसभा सदस्य शालिकराम जमकट्टेलको नेतृत्वमा प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
उनको ठाउँमा अष्टलक्षमी शाक्यलाई मुख्यमन्त्री प्रस्ताव गरिएको छ । अविश्वासको प्रस्तावमा प्रदेशसभाका ४५ जना सदस्यको हस्ताक्षर रहेको छ ।




















