काठमाण्डौं – केही समय यता हाम्रो जीवनशैलीमा आएको परिवर्तनसँगै खानपिन पनि बदलिएको छ । मसला बढी हालेको खाना खादा होस वा अन्य केही मन परेका कुरा खादा होस पेट फुलेर हैरान भएको हुनु भएको होला ।
मेडिकलका औषधि खाँदा पनि तपाईँलाई निको नहुन सक्छ । तर डराउनु पर्ने केही छैन । तपाईले यी कुरा सेवन गर्नु भयो भने समस्या समाधान भई नै हाल्छ ।
आउनुहोस अब त्यो घरेलु उपाय के हो जानी राखौं….
१) तपाईँलाई पेट फुल्ने समस्या छ भने अमलाको क्यान्डी बनाएर खानुस्, आराम हुन्छ ।
२) ज्वानो पनि यसको अचुक औषधी हो । ज्वानोलाई पानीमा उमालेर पिउनुस् । समस्या तत्काल निको हुन्छ ।
३) तपाई हामीकहाँ सजिलै पाउने तुलसी पनि हो । तलसीको पातलाई पनि पानीमा हालेर उमालेर पिउनु होस रुघाखोकीका साथसाथ ग्यासबाट पनि छुटकारा दिलाउँछ ।
४) दहीमा बेसार मिसाएर खाँदा पनि ग्यास्ट्रीकको समस्या बाट छुटकारा पाउनु हुन्छ । पेट दुखेको छ वा बाउँडिएको छ भने पानीमा बेसार हालेर खानुभए पनि हुन्छ ।
५) कब्जियत वा पेटका अन्य दुखाइमा जिरालाई भुटेर त्यसमा वीरे नुन हालेर पानीमा उमालेर खाँदा पनि ग्यासले सताउँदैन ।
एजेन्सीको सहयोगमा




















