काठमाण्डौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल पक्षले आजबाट सडक आन्दोलको सुरुवात गर्दै छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आज (शुक्रबार)बाट आन्दोलन शुरु गर्न लागेका हुन् ।
आज माईतिघर मण्डलामा सबै केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्यहरुको उपस्थितीमा प्रदर्शन गर्न लागिएको समूहले जनाएको छ ।
आन्दोलनका को कार्यक्रम विहान ९ः०० बजेपछि माइतीघर मण्डलामा भेला भएर गर्ने तयारी गरिएको छ । आधिकारिक नेकपा आफु भएको दावी सहित सो समूह आजै निर्वाचन आयोग समेत जाँदैछ ।
आजै दाहाल–नेपाल समूहले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधब नेपालका तर्फबाट संयुक्त पत्रकार सम्मेलन समेत आयोजना गरेका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्न दाहाल–नेपाल समूहले नारायणकाजी श्रेष्ठको नेतृत्वमा २५०१ सदस्यीय प्रतिगमनविरुद्ध संघर्ष समिति गठन गरेको छ ।
हिजोको केन्द्रीय समिति बैठकले पुस महिनाभरका लागि आन्दोलन कार्यक्रम समेत सार्वजनिक गरेको छ ।




















